चर्चामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरिएको ९० कार्यदिनको ढाका बुनाइ तथा सिलाइ तालिमपछि प्रशिक्षकको रूपमा काम दिलाइदिने भन्दै उपाध्यक्ष राईले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको आरोप लागेको छ। उक्त रकम आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खातासँग जोडिएको क्यूआर कोडमार्फत जम्मा गराउन लगाएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अख्तियारले उपाध्यक्ष राईमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ।
यस्तै, रकम संकलन तथा उपलब्ध गराउन सहयोग गरेको आरोपमा उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध पनि सोही रकम बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!