चर्चामा
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
भदौ ३० गते सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारत घर बताउने अन्दाजी २० वर्षीय सन्दीप चौधरीलाई चरेशसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौधरीले मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई २१ वटा पोकामा लुकाइछिपाइ राखेको ९ किलो ५ सय ग्राम चरेश नेपाल–भारत सीमा क्षेत्र हुँदै लैजाँदै थिए।
बरामद चरेश, मोटरसाइकल तथा पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!