स्पेसएक्सको फाल्कन-९ रकेटको करिब ४ मेट्रिक टन तौल भएको दोस्रो चरण आज चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ।
गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको स्कुल बसजत्रो आकारको यो रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो करिब १ बजेर २० मिनेटमा चन्द्रमाको पश्चिमी भागस्थित ‘आइन्स्टाइन क्रेटर’ आसपास ठोक्किन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
रकेटको टुक्रा करिब ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमामा बज्रिनेछ। ठोक्किएपछि ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने अनुमान गरिएको भए पनि यो दृश्य पृथ्वीबाट नांगो आँखाले देख्न कठिन हुने बताइएको छ।
स्पेसएक्सका अनुसार यो नियोजित घटना होइन। सन् २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयान प्रक्षेपणका क्रममा प्रयोग गरिएको रकेटको दोस्रो चरणमा इन्धन सकिएपछि त्यसलाई नियन्त्रणमा लिन नसकिएकाले यो अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको थियो।
वैज्ञानिकहरूका अनुसार सौर गतिविधि र गुरुत्वाकर्षण शक्तिको प्रभावले उक्त रकेटको टुक्रा चन्द्रमातर्फ पुगेको हो। यसबाट तत्काल कुनै खतरा नरहे पनि अन्तरिक्ष फोहोरको व्यवस्थापन भविष्यका चन्द्र अभियानका लागि ठूलो चुनौती बन्दै गएको उनीहरूको भनाइ छ।
काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन कागजात तथा कानून पत्रिकाका केही क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!