१० दिन सुरुङभित्र बसेका सञ्जय साहले सुनाए दर्दनाक अनुभव, भने– ‘भित्र ४०–४५ जना हुनुपर्छ’

१० दिन सुरुङभित्र बसेका सञ्जय साहले सुनाए दर्दनाक अनुभव, भने– ‘भित्र ४०–४५ जना हुनुपर्छ’

काठमाडौं । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले आफू अपरेटरका रूपमा काम गर्दै आएको बताएका छन्।

उनका अनुसार बाढी आउनुअघि नै दुर्घटना हुनसक्ने भन्दै उनले सहकर्मीहरूलाई जानकारी गराएका थिए। तर, अचानक आएको बाढीका कारण आफू भने बाहिर निस्कन नसकेको उनले बताए।

साहले १० दिनसम्म सुरुङभित्र महामन्त्र जपेर बसेको अनुभव सुनाउँदै सुरुङभित्र अझै ४०–४५ जना मानिस फसेको हुनसक्ने बताएका छन्। उद्धारपछि उनको उपचार भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP