विश्वकै अग्रणी एआई कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए १ अर्ब ५० करोड

विश्वकै अग्रणी एआई कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए १ अर्ब ५० करोड

काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) तथा चिप निर्माण कम्पनी एनभिडियाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँ सहयोग प्रदान गरेका छन्। 

सरकारका अनुसार उक्त सहयोग रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यमा खर्च गरिनेछ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत सहयोगको पुष्टि गर्दै नेपाल सरकारका तर्फबाट जेन्सेन हुआङप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले विपद्को कठिन समयमा प्राप्त यो सहयोगले प्रभावित समुदायलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री वाग्लेले हुआङको योगदानले अन्य व्यक्ति, संस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत नेपालका बाढीपीडितको सहयोगमा अघि आउन प्रेरणा दिने बताए। उनले पुनर्निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको पनि उल्लेख गरे। 

हालैको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सरकारका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका काम तीव्र रूपमा अगाडि बढाइँदै छन् भने पुनर्निर्माणका लागि अर्बौं रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुस्ताङ भूकम्पपछि क्षतिग्रस्त घरबाट सामान सुरक्षित स्थानमा सारियो
4 घण्टा अगाडि

काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...

छुटाउनुभयो कि ?

TOP