कैलालीको धनगढीमा करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ स्थित गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गर्दा ठूलो परिमाणमा प्रतिबन्धित सामग्री फेला परेको हो।
प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार वडा प्रहरी कार्यालय धनगढी, शस्त्र प्रहरी बल, नगर प्रहरी, धनगढी उपमहानगरपालिका र भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ गरेको कारबाहीमा प्लास्टिकका झोला, कप, कचौरा, थाल, चम्चा, गिलासलगायतका ५२८ बोरा र ४४ वटा कार्टुन बरामद गरेको हो।
बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी कारबाहीका लागि धनगढी उपमहानगरपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ।
बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!