देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले मौसम बदली भई धेरै स्थानमा वर्षा हुने अवस्था बनेको हो।
महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी-नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा यात्रा गर्दा विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
काठमाडौं।जीवनमा सबै बालबालिकाले समान अवसर पाउँदैनन्। कोही आमाबुबाको माया, शिक्षा र सुरक्षित भविष्यको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!