नयाँ दिल्ली । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी (सीजेपी) ले सोमबार राजधानी दिल्लीमा प्रदर्शन गरेको छ। संसद्को मनसुन सत्र सुरु भएकै दिन पार्टीले ‘संसद् चलो’ अभियान घोषणा गर्दै आफ्ना समर्थकहरूलाई संसद् भवनतर्फ मार्च गराएको थियो।
जन्तरमन्तर क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले एनइइटी परीक्षाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए। प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी गर्दै सरकारमाथि विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरेको आरोप लगाएका थिए।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको भए पनि ठूलो सङ्ख्यामा समर्थकहरू भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। संसद् भवनतर्फ अघि बढ्ने क्रममा केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको थियो।
यसैबीच, कक्रोच जनता पार्टीले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गरिएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई संयमित रहन आग्रह गरेको छ। पार्टी नेतृत्वले विद्यार्थीहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको जनाएको छ।
प्रदर्शनका कारण राजधानीका केही क्षेत्रको यातायात प्रभावित भएको थियो भने सुरक्षाका दृष्टिले केही मेट्रो स्टेशनहरूमा आवागमनसमेत सीमित गरिएको थियो।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!