गृहमन्त्री गुरुङद्वारा रास्वपा महाधिवेशन स्थलको निरीक्षण, पानी निकासी तीव्र !

गृहमन्त्री गुरुङद्वारा रास्वपा महाधिवेशन स्थलको निरीक्षण, पानी निकासी तीव्र !

गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन स्थलको अनुगमन गरेका छन्।

गएराति परेको अविरल वर्षाका कारण महाधिवेशन स्थल जलमग्न बनेपछि गृहमन्त्री गुरुङले स्थलगत निरीक्षण गरेका हुन्। हाल सो क्षेत्रमा जमेको पानी निकाल्ने कार्य तीव्र रूपमा भइरहेको छ।

महाधिवेशन स्थललाई व्यवस्थित बनाउन सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरू परिचालन गरिएको छ। वर्षाका कारण केही असहजता देखिए पनि आयोजकले कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जनाएको छ।

आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा देशभरबाट आएका प्रतिनिधि तथा नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP