चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले पार्टीको महाधिवेशनअघि नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको वर्तमान अवस्थासम्मको यात्रामा नेता–कार्यकर्ताको निरन्तर साथ, विश्वास र मेहनतको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले पार्टीभित्रको प्रतिस्पर्धा सकारात्मक र स्वस्थ हुनुपर्ने उल्लेख गर्दै त्यसबाट संगठन थप सशक्त र उचाइमा पुग्ने विश्वास व्यक्त गरे। “पार्टी जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, विश्वास र मेहनतका साथ आएको छ। त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गर्न चाहन्छु। स्वस्थ प्रतिस्पर्धाबाट हामी नयाँ उचाइमा पुग्नेछौं,” उनले भने।
लामिछानेले पार्टीमा केन्द्रीय सदस्य, साधारण सदस्य वा अन्य जुनसुकै भूमिकामा रहे पनि सबैले जिम्मेवारीपूर्वक योगदान दिनेमा आफू विश्वस्त रहेको बताए। उनले पार्टीमा आबद्ध नेताहरूको अनुभव र क्षमताबाट समाजले सकारात्मक लाभ प्राप्त गर्ने अपेक्षा पनि व्यक्त गरे।
सम्बोधनका क्रममा उनले आफू र आफ्नो नेतृत्वमाथि विश्वास व्यक्त गर्ने तथा कठिन परिस्थितिमा साथ दिने नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरे। “अप्ठेरो पर्दा, चोट लाग्दा हामी छौं भनेर उभिनुभएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने।
रास्वपाको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयन र भावी कार्यदिशाबारे चासो बढिरहेका बेला सभापति लामिछानेको यो अभिव्यक्तिलाई पार्टीभित्र एकता र सहकार्यको सन्देशका रूपमा हेरिएको छ।
नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाको दीर्घकालीन समस्या समाधानका लागि सुरक्षा निकायका प्रतिनिधिले स ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!