सर्वदलीय बैठक जारी

सर्वदलीय बैठक जारी

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।    
    
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन नेकपा(एमाले)का नेता ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागिता छ ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP