साउन १ देखि ललितपुरमा घरमै स्वास्थ्य सेवा सुरु, ११३१ मा फोन गरेपछि डाक्टर–नर्ससहितको एम्बुलेन्स घरमै पुग्ने

ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि महानगरवासीका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले अब घरमा कुनै व्यक्ति बिरामी परे ११३१ नम्बरमा फोन गर्नासाथ चिकित्सक, नर्स, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स बिरामीको घरमै पुगेर उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

उनका अनुसार बिरामीको अवस्था घरमै उपचार गर्न मिल्ने भए तत्काल उपचार गरिनेछ। यदि बिरामीलाई थप विशेषज्ञ उपचार आवश्यक देखिएमा चिकित्सकले आवश्यक रिफरल चिठ्ठी तयार गरी सोही एम्बुलेन्समार्फत उपयुक्त अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि महानगरपालिकाले गर्नेछ।

महानगरपालिकाले यो सेवामार्फत नागरिकले समयमै स्वास्थ्य सेवा प्राप्त गर्ने, अस्पताल पुग्न हुने ढिलाइ कम हुने तथा आपत्कालीन अवस्थामा छिटो र सहज उपचार सेवा उपलब्ध हुने अपेक्षा गरेको छ।

साउन १ गतेदेखि सुरु हुने यो सेवा विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी तथा आकस्मिक बिरामीका लागि निकै प्रभावकारी हुने विश्वास महानगरपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP