युट्युब तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाह र अन्य नेताहरूमाथि अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ डोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको सुनुवाइपछि न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमा गालीगलौज गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।
तर, सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
अभियोगपत्रअनुसार, प्रधानमन्त्री बालेन शाह तथा उहाँको परिवारलाई लक्षित गरी मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने किसिमका अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गर्दै भिडियो र स्टाटस सार्वजनिक गरिएको आरोप छ। युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत त्यस्ता सामग्री प्रसारण गरेको अभियोग पोखरेलमाथि लगाइएको छ।
काठमाडौं।जीवनमा सबै बालबालिकाले समान अवसर पाउँदैनन्। कोही आमाबुबाको माया, शिक्षा र सुरक्षित भविष्यको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!