बेलायतका इण्डो प्यासिफिक मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

बेलायतका इण्डो प्यासिफिक मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । बेलायतका इण्डो प्यासिफिक मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकाछन् । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेकाछन् । पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिए ।  

    पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकाछन् । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराए ।  

    मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उनले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गरे ।  मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरे । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आए । शनिबार उनले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गरे । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP