विशेष अदालतमा विष्णु पौडेल उपस्थित, २० दिन थुनामा राख्न विभागको माग

विशेष अदालतमा विष्णु पौडेल उपस्थित, २० दिन थुनामा राख्न विभागको माग

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। विभागले पौडेलमाथि थप अनुसन्धान गर्न २० दिन थुनामा राख्न अनुमति माग गर्दै मंगलबार विशेष अदालतमा उपस्थित गराएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए।

पक्राउपछि उनलाई सडकमार्ग हुँदै मंगलबार बिहान काठमाडौं ल्याइएको हो। विभागले उनीमाथि भइरहेको अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै विशेष अदालतसँग २० दिन हिरासतमा राख्न अनुमति माग गरेको जनाएको छ।

यस विषयमा अदालतले दिने आदेशपछि पौडेलमाथिको अनुसन्धान प्रक्रिया अगाडि बढ्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बागमती सरकार संकटमा: एमालेका ६ मन्त्रीले आज राजीनामा दिँदै, सरकारलाई समर्थन पनि फिर्ता
एक महिना अगाडि

बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा बुझाउने भएका छन्। एमालेले सरकारलाई ...

छुटाउनुभयो कि ?

TOP