‘साथीहरू, हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ। फरक आउँदैन,’ लामिछानेले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ।’
उनले पुरानै शैली र प्रवृत्तिबाट नयाँ परिणामको अपेक्षा गर्नु दिवास्वप्न मात्र हुने बताए। पार्टीभित्र गलत मनसायका साथ महाधिवेशन प्रतिनिधि बनाइएको हुनसक्ने आशंका व्यक्त गर्दै उनले प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा निर्णय गर्न आग्रह गरे।
‘यदि गलत तरिकाले कसैले तपाईंलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यहीँ रोक्नुस्। कसैले यहाँसम्म ल्याएको छ भने धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने।
लामिछानेले आफू कुनै पक्षमा नलागी ‘आइसोलेट’ बसेको दाबी गर्दै जसले जिते पनि अन्ततः घण्टीबाहक नै विजयी हुने विश्वास व्यक्त गरे। उनले केन्द्रीय समितिमा जाने व्यक्तिको छनोट विवेकपूर्ण ढंगले गर्न प्रतिनिधिहरूलाई आग्रह गरे।
पार्टीभित्र गलत प्रवृत्तिको सानो बीउ रोपिन थालेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे। साथै, अरूको प्रभाव वा निर्देशनका आधारमा मतदान नगर्न पनि उनले प्रतिनिधिहरूलाई अनुरोध गरे।
‘तपाईंले कसलाई भोट हाल्नुहुन्छ, त्यो तपाईंको निर्णय हो। तर, यसलाई भोट दिनु, उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन,’ लामिछानेले भने।
बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा बुझाउने भएका छन्। एमालेले सरकारलाई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!