राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भएको छ। प्राविधिक समस्याका कारण आइतबार स्थगित भएको बन्दसत्र आज दिउँसो १ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ। रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले प्रतिनिधिको संख्या अपेक्षाभन्दा धेरै बढेकाले केही प्राविधिक समस्या देखिएको बताए। उनका अनुसार सुरुआती अनुमानमा २८ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिए पनि संख्या बढेर ४२ सयभन्दा बढी पुगेको छ।‘इस्टिमेट गरिएको २८ सयदेखि ३ हजार प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस पुगेपछि केही प्राविधिक कारणले हिजो बन्दसत्र सुरु गर्न सकेनौं,’ पराजुलीले भने। हाल महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण भइरहेको र उक्त प्रक्रिया पूरा भएपछि भोजनावकाशपछि बन्दसत्र सुरु गरिने उनले जानकारी दिए। उनका अनुसार आवश्यक सबै तयारी पूरा भइसकेको छ र एक बजेसम्ममा बन्दसत्र सुरु हुनेछ। पराजुलीले महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन्। रास्वपाको प्रथम महाधिवेशनमा अपेक्षाभन्दा धेरै प्रतिनिधिको सहभागिताले उत्साह थपिएको छ भने बन्दसत्रबाट पार्टीको भावी कार्यदिशा र नेतृत्वबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा बुझाउने भएका छन्। एमालेले सरकारलाई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!