रोशी खोलाको बाढी : ८९ यात्रु माइक्रोबसबाट सकुशल उद्धार, श्रीखण्डपुरमा ३५ विद्यार्थी पनि बचाइए

रोशी खोलाको बाढी : ८९ यात्रु माइक्रोबसबाट सकुशल उद्धार, श्रीखण्डपुरमा ३५ विद्यार्थी पनि बचाइए

काठमाडौं।काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रोशी खोलामा आएको आकस्मिक बाढीका कारण फसेका माइक्रोबसका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।

सोमबार राति एक्कासी आएको बाढीले बीच खोलामै सवारी साधन रोकिँदा यात्रुहरू जोखिममा परेका थिए। उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को संयुक्त टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार सबै यात्रुलाई डोरी र र्‍याफ्टिङ बोटको सहायताले सुरक्षित रूपमा बाहिर निकालेर गन्तव्यतर्फ पठाइएको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी सहित सुरक्षाकर्मीहरू सक्रिय रूपमा खटिएका थिए।
उता, अत्याधिक वर्षापछि श्रीखण्डपुर क्षेत्रमा फसेको एक स्कुल बसबाट ३५ जना विद्यार्थीहरूको पनि सफल उद्धार गरिएको छ। उक्त उद्धार कार्य सशस्त्र प्रहरी बल १५ नम्बर गणले सम्पन्न गरेको हो।

बाढी र वर्षाका कारण बीपी राजमार्ग का विभिन्न खण्डहरू क्षतिग्रस्त हुँदा सवारी आवागमन प्रभावित भएको छ। सम्बन्धित निकायले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी वरिष्ठ उपरीक्षकमा बढुवा
एक घण्टा अगाडि

काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी उपरीक्षकबाट नगर प्रहर ...

छुटाउनुभयो कि ?

TOP