काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच स्थानीय नागरिकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विस्तृत सम्झौता गरिएको छ।
सम्झौताअनुसार नगरभित्र बसोबास गर्ने नागरिकले अस्पतालका अधिकांश सेवामा २५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ भने विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई विशेष प्राथमिकतामा राखिनेछ।
नगरपालिकाको सिफारिससहित अस्पताल पुग्ने बिरामीलाई प्राथमिकताका आधारमा उपचार सेवा प्रदान गरिनेछ। ओपीडी दर्ता शुल्क पूर्ण रूपमा निःशुल्क हुनेछ।
सामान्य बेड शुल्कमा २५ प्रतिशत र क्याबिन शुल्कमा १० प्रतिशत छुट दिइनेछ। आईसीयू, एचडीयू, सीसीयू तथा अपरेशन थिएटर सेवा, ल्याब परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, डेन्टल एक्स–रे, ओपीजी, इसीजी, एन्डोस्कोपी तथा कोलोनोस्कोपीजस्ता सेवामा २५ प्रतिशत छुट लागू हुनेछ।
त्यस्तै इको, टीएमटी, होल्टर, एबिपिएम, ईईजी, एनसीटी, एनएसटी लगायतका डायग्नोस्टिक परीक्षणमा पनि समान छुट व्यवस्था गरिएको छ। सिटि स्क्यान र एमआरआई सेवामा २५ प्रतिशत छुट दिइने भए पनि फिल्म चार्जमा छुट लागू नहुने स्पष्ट गरिएको छ।
फिजियोथेरापी सेवा, डेन्टल उपचार (सामग्री लागत बाहेक), इआरसिपी/एमआरसिपी तथा क्याथ ल्याब सेवाहरूमा २५ प्रतिशत छुट रहनेछ। तर स्टेन्ट, गाइड वायर, बलुनजस्ता सामग्री तथा ट्रान्सप्लान्ट सेवामा छुट नहुने सम्झौतामा उल्लेख छ।
सम्झौतामा सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। सेवा लिन आउने बिरामीले ठेगाना खुल्ने परिचयपत्र र १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
सम्झौता अवधिभर प्रत्येक छ महिनामा समीक्षा गर्ने र आवश्यक परेमा सहमतिमा संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।
सम्झौतामा अस्पतालका प्रशासनिक प्रमुख अर्चना थापा र नगर प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका छन्।
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!