रोजगारको प्रलोभनमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

रोजगारको प्रलोभनमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

काठमाडौं । रोजगारीको प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ४ सय ५३ नेपाली नागरिकको उद्धार गरिएको छ।

दिल्लीस्थित नेपाली दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त सङ्ख्यामा नेपालीको उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका नेपालीलाई आवश्यक समन्वयपछि रुपन्देही प्रहरीको जिम्मा लगाइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार पछिल्लो समय रोजगारीको नाममा आकर्षक प्रलोभन देखाई नेपालीलाई भारत लगेर बन्धक बनाउने घटना बढ्दै गएका छन्। विशेषगरी बिहार लगायत भारतका विभिन्न सहरमा यस्ता गतिविधि बढिरहेको भन्दै दूतावासले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

रोजगारीका अवसरका नाममा आउने प्रस्तावप्रति सचेत रहन, सम्बन्धित कम्पनी तथा कामको प्रकृतिबारे यथेष्ट जानकारी लिएर मात्र निर्णय गर्न र कुनै पनि शंकास्पद व्यक्तिको प्रलोभनमा नपर्न दूतावासले अनुरोध गरेको छ।

वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन तथा ठगीका घटना बढ्दै गएकाले सचेतना र सावधानी अपनाउन दूतावासले सबै नेपाली नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP