काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोर आगामी साता नेपाल भ्रमणमा आउने भएका छन्।
अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर को नेपाल भ्रमण सक्किएलगत्तै गोर काठमाडौं आइपुग्ने कार्यक्रम रहेको हो। काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने तालिका रहेको स्रोतले जनाएको छ।
गोर भारतका लागि अमेरिकी राजदूतसमेत रहेका छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग शुक्रबार भेट गर्ने कार्यक्रम तय भएको छ।
यसअघि सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थमन्त्री स्वर्णीम वाग्ले सँग भेटवार्ता गरेका थिए।
गोर सन् २०२४ मा अमेरिकी राष्ट्रपति कर्मचारी कार्यालय (Office of Presidential Personnel) को निर्देशकमा समेत नियुक्त भएका थिए।
नेपाल–अमेरिका सम्बन्ध तथा क्षेत्रीय कूटनीतिक सन्तुलनका दृष्टिले गोरको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल, ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!