गोरखा । पालुङटार नगरपालिकाको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँ र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीसहितको संयुक्त अनुगमन टोलीले ठाँटीपोखरी बजार क्षेत्रमा कडा अनुगमन सञ्चालन गर्दै प्रतिबन्धित बेकरी सर्टेनिङसहित अन्दाजी ३७ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री जफत गरेको छ।
अनुगमन टोलीले नगरपालिकाले गत असोजदेखि प्रतिबन्ध लगाएको तथा संघीय सरकारले समेत निषेध गरेको १० केजीभन्दा कम तौलका बेकरी सर्टेनिङ बिक्री–वितरणमा शून्य सहनशीलता अपनाएको जनाएको छ। सो क्रममा आधा केजीका बेकरी सर्टेनिङ जफत गरिएको हो, जसको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनुसार अन्दाजी ३३ हजार ८८० रुपैयाँ बराबर रहेको जनाइएको छ। जफत गरिएका सामग्री नष्ट गर्ने प्रक्रियामा लगिएको टोलीले जनाएको छ।
अनुगमनका क्रममा म्याद नाघेको ५० केजी दाना, रंग हालेर बिक्री गर्न लागिएको मासु तथा गलेका फलफूल समेत जफत गरिएको छ। जफत गरिएका ती सामग्रीको मूल्य करिब ३७ हजार रुपैयाँ रहेको बताइएको छ।
अनुगमनमा पालुङटार नगरपालिका वडा नम्बर ३ र ५ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रशासकीय अधिकृत, कर्मचारी तथा सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
पालुङटारका प्रमुख प्रशासकीय अधिकृतले यसपटकको अनुगमन विशेषगरी “ढाँटी झुक्याइ घ्यू” भन्दै बिक्री भइरहेको बेकरी सर्टेनिङप्रति केन्द्रित रहेको बताए। उनले बजारमा यस्ता भ्रामक सामग्री बिक्री नगर्न पहिल्यै सूचना जारी गरिएको र विभागले उत्पादकलाई उत्पादन फिर्ता गर्न पर्याप्त समय दिएको बताए।
उनले केही व्यवसायीले पूजा–प्रसादको बहाना बनाउने, डेरी घ्यूजस्तै देखिने रङ प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने तथा अत्यधिक नाफा कमाउने उद्देश्यले “सस्तो घ्यू” भन्दै बिक्री गरिरहेको बताए।
अनुगमनमा सहभागी खाद्य अनुसन्धान अधिकारी ज्योति आचार्यले विभागको निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने बताइन्।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!