काठमाडौ ।जिल्ला बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्लले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी मिलाइदिने नाममा सेवाग्राहीसँग घुस मागेको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।
अख्तियारको बुटवल तथा नेपालगंजबाट खटिएको टोलीले मल्ललाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
अनुसन्धानले पुष्टि गरेअनुसार, मल्लले वडा नं. ७ स्थित विद्यालयको ४ कोठे भवन निर्माणको अन्तिम बिल पास गराइदिने बहानामा रकम असुल गरेका थिए।
अब उनीविरुद्ध विशेष अदालत काठमाडौं मा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको छ। अख्तियारले उक्त रकम बराबर जरिवाना र कैद सजाय मागदाबी गरेको छ।
यो घटनाले फेरि एकपटक स्थानीय तहमा हुने भ्रष्टाचारको जरो कति गहिरो छ भन्ने प्रश्न उठाएको छ।
काठमाडौँ।गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!