जन्ती बोकेको बुलेरो सिन्धुलीमा दुर्घटना, बेहुलासहित पाँच जना घाइते

जन्ती बोकेको बुलेरो सिन्धुलीमा दुर्घटना, बेहुलासहित पाँच जना घाइते

सिन्धुली ।सिन्धुलीको दुधौली नगरपालिका मा बिहीबार बिहान जन्ती बोकेको बुलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । 

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमले खोजेको समृद्धि
12 घण्टा अगाडि

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ग ...

छुटाउनुभयो कि ?

TOP