ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुने

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर गरीएको हो । 

आज दर्ता भएको रिटमाथि बहस भने सोमबार मात्रै हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दुबईमा घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, १ उपचाररत, अवस्था खतरामुक्त
18 घण्टा अगाडि

दुबई । दुबईको अबुधाबीको अब्जान क्षेत्रमा अप्रिल ३ मा भएको घटनामा घाइते ७ जना नेपालीमध्ये ६ जनालाई सा ...

छुटाउनुभयो कि ?

TOP