युएईमा अवैध हुण्डी कारोबारबारे सूचना दिन दूतावासको अपिल

युएईमा अवैध हुण्डी कारोबारबारे सूचना दिन दूतावासको अपिल

काठमाडौं/अबुधाबी।नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अवैध हुण्डी कारोबार नियन्त्रण गर्न नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ।

दूतावासले “अत्यन्त जरुरी सूचना” जारी गर्दै विदेशमा रही अनौपचारिक रूपमा पैसा पठाउने (हुण्डी) गतिविधि नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारण सम्बन्धी नीतिविपरीत रहेको जनाएको छ।

सूचनामा उल्लेख गरिएअनुसार यस्ता गैरकानुनी कारोबारसम्बन्धी प्राप्त जानकारीहरू नियमित रूपमा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पठाइँदै आएको छ। दूतावासले युएईमा कार्यरत नेपालीहरूलाई हुण्डी जस्ता अवैध आर्थिक गतिविधिमा संलग्न नहुन तथा त्यस्तो कार्य भइरहेको थाहा पाए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।

यसका लागि दूतावासले सम्बन्धित इमेलमार्फत सूचना दिन सकिने व्यवस्था गरेको जनाएको छ।

दूतावासले गैरकानुनी आर्थिक कारोबार नियन्त्रणमा सहयोग पुर्‍याउन सम्पूर्ण नेपाली समुदायसँग समन्वय र सतर्कता अपनाउन अपिल गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP