काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौं ले हुलाक सेवा प्रयोग गरी घरमै राहदानी (पासपोर्ट) वितरण गर्ने व्यवस्था सुरु गरेको छ।
कार्यालयले आज जारी गरेको सूचनाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवाको आधुनिकीकरण गर्दै ‘गभर्नमेन्ट कुरियर सेवा’ लागू गरिएको हो।
यस व्यवस्थाअन्तर्गत राहदानी, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू सेवाग्राहीको घरमै पु¥याउने लक्ष्य राखिएको छ। सोहीअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र गौशाला हुलाक कार्यालय काठमाडौं बीच २०८३ वैशाख १५ गते सम्झौता भई सेवा सुरु गरिएको जनाएको छ।
कार्यालयका अनुसार राहदानीका लागि आवेदन दिने सेवाग्राहीहरूले आफ्नो राहदानी हुलाकमार्फत घरमै बुझ्न चाहने वा कार्यालयमै आएर बुझ्न चाहने विकल्प रोज्न सक्नेछन्। आवेदन दर्ताका क्रममा सो विकल्प स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
यस सेवाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
काठमाडौं । टोखा नगरपालिकाले आफ्ना शैक्षिक संस्थानहरूमा कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!