टोखामा विद्यालय शुल्क सीमा तोकियो, बढी लिए कारबाही

टोखामा विद्यालय शुल्क सीमा तोकियो, बढी लिए कारबाही

काठमाडौं।टोखा नगरपालिकाले निजी विद्यालयहरूको शुल्कमा कडाइ गर्दै श्रेणीअनुसार स्पष्ट दर सार्वजनिक गरेको छ। अब विद्यालयहरूले तोकिएको सीमा भन्दा बढी शुल्क लिन नपाउने र नियम उल्लंघन भए कडा कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।

नगरपालिकाले विद्यालयहरूलाई ‘विशिष्ट क’, ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गर्दै शुल्क संरचना निर्धारण गरेको हो।
‘ग’ श्रेणीका विद्यालयका लागि कक्षा १ देखि १० सम्म मासिक शुल्क २,८६० रुपैयाँदेखि ५,१७० रुपैयाँसम्म तोकिएको छ।

यसलाई आधार मानेर अन्य श्रेणीका विद्यालयहरूको शुल्क सीमा यसप्रकार निर्धारण गरिएको छ—‘ख’ श्रेणीका विद्यालयले ‘ग’ श्रेणीको शुल्कमा २५ प्रतिशतसम्म थप लिन पाउनेछन्, जसअनुसार मासिक शुल्क ३,५७५ रुपैयाँदेखि ६,४६३ रुपैयाँसम्म पुग्नेछ।

‘क’ तथा ‘विशिष्ट क’ श्रेणीका विद्यालयले ‘ग’ श्रेणीको शुल्कमा ५० प्रतिशतसम्म थप लिन पाउने व्यवस्था गरिएको छ, जसअनुसार मासिक शुल्क ४,२९० रुपैयाँदेखि ७,७५५ रुपैयाँसम्म पुग्नेछ।

त्यस्तै ‘घ’ श्रेणीका विद्यालयले ‘ग’ श्रेणीको शुल्कभन्दा २५ प्रतिशत कम लिनुपर्ने व्यवस्था गरिएको छ, जसअनुसार शुल्क २,१४५ रुपैयाँदेखि ३,८७८ रुपैयाँसम्म कायम हुनेछ।
प्रारम्भिक बालविकास शिक्षातर्फ पनि शुल्क निर्धारण गरिएको छ। प्लेग्रुपका लागि २,८६० रुपैयाँ, नर्सरीका लागि २,९७० रुपैयाँ, एलकेजीका लागि ३,०८० रुपैयाँ र युकेजीका लागि ३,१९० रुपैयाँ तोकिएको छ।

नगरपालिकाले तोकिएकोभन्दा बढी शुल्क असुली भएको पाइएमा कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ। अभिभावकहरूले अनियमितता भेटिएमा tokhaeducation@gmail.com मा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ।

नगर शिक्षा अधिकृत खगेन्द्र सिंह धामीका अनुसार विद्यालयहरूको नियमित अनुगमन गरिनेछ भने प्रमुख शिक्षा अधिकृत सीताराम कोइरालाले सबै विद्यालयलाई तोकिएको मापदण्डअनुसार मात्र शुल्क लिन निर्देशन दिएका छन्।

नगरपालिकाको यो निर्णयसँगै टोखामा निजी विद्यालय शुल्क प्रणालीमा कडाइ र पारदर्शिता लागू भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP