काठमाडौं।रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन्। ७८ वर्षीय केसी प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा चयन भएका छन्।
राष्ट्रपतिबाट शपथ लिएपछि केसीले चैत १२ गते विहीबार प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता समेत केसीले नै गर्नेछन्।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।
काठमाडौं।नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना जग्गा पुन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!