काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले आफ्नो पदमा रहँदा विभिन्न अनियमितता गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा २०४७ सालदेखि २०८० सालसम्मको अवधिमा उनको वैधानिक आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा रहेको देखिएको छ।
तर सोही अवधिमा उनले तथा उनको परिवारले ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा खर्च गरेको पाइएको छ। यसरी कुल आयभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च देखिएको र सो रकमको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। मुद्दामा कैद, जरिवाना तथा अवैध सम्पत्ति जफतको माग गरिएको छ।
यस्तै, यादवले आर्जन गरेको भनिएको सम्पत्ति उनकी श्रीमती निर्मला कुमारीको नाममा समेत राखिएको देखिएकोले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
यस घटनाले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी सम्पत्ति आर्जन गर्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न खडा गरेको छ।
काठमाडौँ ।खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार बराबर रोयल्टीतत्काल असुल ग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!