उद्घोषण र नेतृत्वमा नयाँ आत्मविश्वास : वडा ९ को पहलमा ५ दिने तालिम सम्पन्न

उद्घोषण र नेतृत्वमा नयाँ आत्मविश्वास : वडा ९ को पहलमा ५ दिने तालिम सम्पन्न

काठमाडौँ, पौष २९ – काठमाडौँ महानगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा नवजागरण समाज नेपालले आयोजना गरेको पाँच दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

पुस २३ गतेदेखि सुरु भएको तालिम पौष २९ गते समापन गरिएको हो। समापन समारोहमा वडा नं. ९ की सदस्य सृजना भेटवाल प्रमुख अतिथिका रूपमा सहभागी भइ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

कार्यक्रममा नवजागरण समाज नेपालकी अध्यक्ष तथा प्रमुख प्रशिक्षक बिष्णु माया पौडेल, रेड मिडियाका प्रतिनिधि निर्मला बिष्ट,बिष्णु थापा र रिजन केसी उपस्थित थिए।

 तालिम अवधिभर प्रशिक्षार्थीहरूले उद्घोषण कला, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक बोल्ने सीप र नेतृत्व विकासका विविध पक्षमा प्रशिक्षण प्राप्त गरे।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले आफ्ना अनुभूति व्यक्त गर्दै प्रशिक्षक बिष्णु माया पौडेलको प्रशंसा गरेका थिए। रेड मिडियाका प्रतिनिधिहरूले यस्ता तालिमले युवाहरूलाई व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको प्रभावकारीता र उपलब्धिमूलक अभ्यासले सहभागीहरूमा आत्मविश्वास र नेतृत्व क्षमताको थप विकास गराएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आईसीसी टी २० विश्वकप हेर्न मुम्बईमा नेपाली समर्थकको उत्साहजनक सहभागीता
एक महिना अगाडि

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्दै ...

छुटाउनुभयो कि ?

TOP