टी-२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

टी-२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाडौं । टी-२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे ।

जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् । बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक-एक विकेट लिए । यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले तथा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
एक दिन अगाडि

दमौली । तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नग ...

छुटाउनुभयो कि ?

TOP