टी-२० विश्वकपमा नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

टी-२० विश्वकपमा नेपालद्वारा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत

टी-२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३-३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

यसअघिको खेलमा इंग्ल्यान्डसँग बलियो ब्याटिङ गर्दै १८४ रनको लक्ष्यमा १८० रन बनाउँदै ४ रनले स्तब्ध बनेको नेपालले इटालीसँग भने झुर ब्याटिङ गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
एक दिन अगाडि

दमौली । तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नग ...

छुटाउनुभयो कि ?

TOP