काठमाडौं । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।
नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् । नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।
नेपालको प्लेइङ ११ कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने रहेकाछन् ।
बेइजिङ|चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दीअन्तर्राष्ट्रिय अनिश्चितता र भू-राजनीतिक जोखिमबीच सन् २ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!