काठमाडौँ,माघ २८ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सुरक्षा तयारी तथा अनुगमनमा खटिएकाछन।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू निर्वाचन क्षेत्रमा परिचालन भइसकेका छन्। सोही तयारीको स्थलगत अनुगमनका क्रममा एआईजी दाहाल बुधबार डोटी र डडेलधुरा पुग्नुभएको हो।
अनुगमनका क्रममा उहाँले डोटी र डडेलधुराका मुख्य निर्वाचन अधिकृत, सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय (कैलाली) का निमित्त बाहिनीपति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेको सशस्त्र प्रहरीले जनाएको छ। छलफलमा निर्वाचन सुरक्षाको अवस्था, सम्भावित चुनौती र समन्वयात्मक व्यवस्थापनबारे जानकारी लिइएको थियो।
यसैगरी एआईजी दाहालले दार्चुला, डोटी, बझाङ, बाजुरा, बैतदी र अछाम जिल्लास्थित सशस्त्र प्रहरी बलका कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग पनि निर्वाचन सुरक्षा तयारी, बन्दोबस्ती तथा वस्तुस्थितिबारे जानकारी लिएकाछन। सो क्रममा उहाँले निर्वाचन सुरक्षामा कुनै त्रुटि नहुने गरी उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएकाछन।
सशस्त्र प्रहरी बलले सुदूरपश्चिमका संवेदनशील मतदानस्थल र निर्वाचन केन्द्रहरूमा थप सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकताम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!