सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, माघ - २८ स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।    
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ ।    
    
मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।    
    
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

[RSS]

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

पशु क्षति भएका कृषकलाई  १० लाख राहत
4 दिन अगाडि

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकताम ...

छुटाउनुभयो कि ?

TOP