विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

काठमाडौँ पुस २३-नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विवादबीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको हो।

विशेष महाधिवेशन पक्षधर समूहले पार्टीले तोकेको कार्यतालिकाअनुसार २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै बाध्यकारी अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नुपरेको जनाएको छ। 

जारी विज्ञप्तिमा पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका कार्यान्वयन हुन नसक्दा विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “विधानको मर्म र भावनाको पूर्ण सम्मान गर्दै २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।”

विशेष महाधिवेशनको तयारीस्वरूप सचिवालयका तर्फबाट शान्ति सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनसँग आवश्यक पत्राचारसमेत भइसकेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
एक महिना अगाडि

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठ ...

छुटाउनुभयो कि ?

TOP