गिरीबन्धु टी–स्टेटको ५१ विघा जमिन विवाद : स्थानीयको आक्रोश, चुनावमा ‘नो इन्ट्री’

गिरीबन्धु टी–स्टेटको ५१ विघा जमिन विवाद : स्थानीयको आक्रोश, चुनावमा ‘नो इन्ट्री’

झापा,माघ २३ - बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका क्षेत्रमा पर्ने ५१ विघा जमिनको स्वामित्व विवाद अहिले स्थानीय राजनीतिदेखि प्रशासनसम्मको चर्चाको केन्द्रमा पुगेको छ। दुई दशकअघि गिरीबन्धु टी–स्टेटको नाममा रहेको उक्त जग्गामा अहिले दर्जनौँ स्थानीय परिवार घर बनाएर बस्दै आएका छन्। तर, सरकारले सम्पत्ति रोक्का गरेपछि उनीहरू आफूहरू भूमिहीनसरह भएको भन्दै आन्दोलित छन्।

स्थानीयका अनुसार, उनीहरूले उक्त जमिन खरिद गरी लामो समयदेखि बसोबास गर्दै आएका थिए। तर पछिल्लो समय भूमि प्रशासनले जग्गा रोक्का गरेपछि घर–जग्गा धितो राख्न, बिक्री गर्न वा नामसारी गर्न नपाउने अवस्थामा पुगेका छन्। यसले उनीहरूको दैनिक जीवनदेखि बैंकिङ कारोबारसम्म प्रभावित भएको छ।

पीडित स्थानीय दुई वर्षदेखि मालपोत कार्यालय, भूमि सुधार कार्यालय, जिल्ला प्रशासन, मन्त्रालय र विभिन्न सरकारी निकायमा धाइरहेका छन्। तर, समस्या समाधानको ठोस पहल नभएको भन्दै उनीहरू निराश छन्।
आक्रोशित स्थानीयले आगामी चुनावलाई लक्षित गर्दै कडा निर्णय गरेका छन्। उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि राजनीतिक दलका नेता तथा उम्मेदवारलाई प्रवेश निषेध गर्ने घोषणा गरेका छन्। “पहिला हाम्रो समस्या समाधान होस्, त्यसपछि मात्रै भोट माग्न आउनुहोस्,” स्थानीय अगुवाले भने।

स्थानीयका अनुसार, चुनावका बेला आश्वासन दिने तर जितेपछि बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध यो कदम चालिएको हो। उनीहरूले समस्या समाधान नभएसम्म कुनै पनि दललाई प्रचार गर्न नदिने अडान लिएका छन्।

गिरीबन्धु टी–स्टेटको उक्त ५१ विघा जमिनको स्वामित्व र उपयोगबारे स्पष्ट निर्णय नहुँदा स्थानीयले वर्षौँदेखि मानसिक तनाव झेलिरहेका छन्। यस विषयमा संघीय र प्रदेश सरकार, साथै स्थानीय तहले ठोस पहल नगरे थप आन्दोलन चर्किने चेतावनी उनीहरूको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस
1 हप्ता अगाडि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठ ...

छुटाउनुभयो कि ?

TOP