काठमाडौ ।बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। विवाह समारोहबाट फर्किँदै गरेको जन्ती बोकेको बस दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको हो। एउटै गाउँ तथा परिवारका धेरै व्यक्तिले ज्यान गुमाउँदा स्थानीय समुदाय शोकमा डुबेको छ।
घटनापछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन्। स्थानीय प्रशासन र प्रहरी घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!