“बदलिएर आएको कांग्रेसले देश बदल्छ” — गगन थापा

“बदलिएर आएको कांग्रेसले देश बदल्छ” — गगन थापा

पोखरा,माघ २३ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिइसकेको र अब यही बद्लिएको कांग्रेसले देश बदल्ने दाबी गरेका छन्। उनले देश नै अहिले गम्भीर निराशा र अविश्वासको चक्रमा फसेकाले त्यसबाट पार लगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको घोषणा गरे।

पार्टीको गण्डकी प्रदेश कार्यसमिति बैठकमा सहभागी हुन शुक्रबार पोखरा पुगेका थापाले कार्यकर्तालाई जनताको घर–घरमा पुगेर कांग्रेसले देश सम्हाल्न सक्छ भन्ने सन्देश दिन आह्वान गरे। उनले भाषणभन्दा बढी सुन्नुपर्ने बेला आएको भन्दै मतदाताका पीडा, गुनासा र अपेक्षालाई धैर्यपूर्वक सुन्न निर्देशन दिए।

सभापति थापाले राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति नागरिकमा बढेको चरम अविश्वासलाई सुधारमार्फत मात्रै चिर्न सकिने बताए। “देश आत्मविश्वास गुमाएको अवस्थामा छ, यस्तो बेला भाग्ने होइन, जिम्मेवारी लिने राजनीति चाहिन्छ — त्यो कांग्रेसले गर्छ,” उनले भने।

उनले वर्तमान निराशाको मुख्य जड भ्रष्टाचार भएको भन्दै कांग्रेस नै भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा बनेर आएको दाबी गरे। “कांग्रेससँग जादुको छडी छैन, तर सही नियम, सही प्रक्रिया र बलिया संस्था बनाएर देश चलाउने क्षमता छ,” थापाले प्रस्ट पारे।

कार्यकर्तालाई उनले चेतावनी शैलीमै भने— “अब नाराले होइन, व्यवहारले जित्नुपर्छ। जनताको ढोकामा जाँदा समस्या सुन्नुहोस्, समाधानको आशा लिएर फर्कन दिनुहोस्।”

गण्डकी प्रदेशमा कांग्रेसलाई पुनः शक्तिशाली बनाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै थापाले आगामी राजनीतिक लडाइँ भ्रष्टाचार, निराशा र अविश्वासविरुद्ध हुने बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनसरी १ मा हर्कराज साम्पाङ विजयी
1 हप्ता अगाडि

काठमाडौं । सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ)निर्वाचित भएका छन् । श्रम संस्कृति ...

छुटाउनुभयो कि ?

TOP