काठमाडौं पुस २१- बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत भारतमा हुने खेलहरूका लागि राष्ट्रिय टोली भारत नपठाउने निर्णय गरेको छ। सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता जनाउँदै बीसीबीले आइतबार औपचारिक रूपमा निर्णय सार्वजनिक गरेको हो।
बीसीबीले आइतबार, ४ जनवरी २०२६ मा बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा पछिल्लो २४ घण्टामा विकसित घटनाक्रमलाई निर्णयको प्रमुख कारण बताएको छ। बोर्डका अनुसार भारतमा खेलाडी, टोलीका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सुरक्षा सुनिश्चित हुन नसक्ने निष्कर्ष निकालिएको छ।
बीसीबीले बंगलादेश सरकारको सल्लाहका आधारमा टोली भारत नपठाउने निर्णय लिएको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष बंगलादेशका सबै खेलहरू भारत बाहिर सुरक्षित स्थानमा सार्न औपचारिक आग्रह गरिएको छ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा बंगलादेशको यस निर्णयले प्रतियोगिताको व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ। यस विषयमा आईसीसीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
काठमाडौँ,माघ २१ — निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!