निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २२३ गाडी नेपाल आउँदै

निर्वाचन तयारी : भारतबाट तेस्रो खेपमा २२३ गाडी नेपाल आउँदै

काठमाडौं,माघ २१- आगामी निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई उपलब्ध गराउने सवारी साधनको तेस्रो खेप नेपाल ल्याइन लागेको छ। भारतीय दूतावास स्रोतका अनुसार यस चरणमा २२३ थान गाडी नेपाल भित्र्याइँदै छन्।

ती गाडीमध्ये १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो रहेका छन्। यी सबै सवारी साधन भारत सरकारले नेपाललाई उपहारस्वरूप उपलब्ध गराउन लागेको हो।

यसअघि पहिलो खेपमा ६१ थान गाडी नेपाल आइपुगेका थिए, जुन माघ ६ गते नै भारतीय दूतावासले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिसकेको छ।
निर्वाचन प्रयोजनका लागि भारत सरकारले कुल ५३८ थान साना–ठूला सवारी साधन उपलब्ध गराउने घोषणा गरेको छ। यसअन्तर्गत बाँकी गाडीहरू पनि क्रमशः नेपाल आइपुग्ने बताइएको छ।

निर्वाचनका लागि आवश्यक वस्तुगत सहयोगका रूपमा गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारी साधन माग गरेको थियो। सबै गाडी भारतीय दूतावासले गृह मन्त्रालयलाई हस्तान्तरण गर्ने र गृह मन्त्रालयले आवश्यकता अनुसार सम्बन्धित निकायमा वितरण गर्ने व्यवस्था गरिएको छ।

गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएका प्रदर्शनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयमा आगजनी हुँदा भवन तथा सवारी साधनमा क्षति पुगेको थियो। त्यसपछि निर्वाचन सुरक्षा व्यवस्थापनका लागि सवारी साधनको अभाव देखिएकाले भारतबाट प्राप्त यी गाडीहरू महत्वपूर्ण हुने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको घोषणा
1 हप्ता अगाडि

काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ ...

छुटाउनुभयो कि ?

TOP