लिबिया।लिबियाको उत्तर–पश्चिमी सहर जिन्टानमा पूर्व शासक मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको गोली हानी हत्या गरिएको छ। ५३ वर्षीय सैफको मंगलबार आफ्नै घरको बगैँचामा टहलिरहेका बेला चारजना नकावधारी बन्दुकधारीले आक्रमण गरेका थिए।
लिबियाली अधिकारी तथा पारिवारिक स्रोतले घटनाको पुष्टि गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीहरू घरभित्र प्रवेश गर्नुअघि सुरक्षा क्यामेरा निष्क्रिय पारेका थिए। त्यसपछि छोटो झडपपछि उनीहरूले सैफमाथि गोली प्रहार गरेका थिए।
सैफ अल–इस्लामका वकिल खालिद अल–जायदी र उनका राजनीतिक प्रतिनिधिहरूले जिन्टानमै उनको हत्या भएको पुष्टि गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूको गतिविधि ‘कमान्डो युनिट’जस्तै संगठित देखिएको थियो, तर कसले र किन आक्रमण गर्यो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
लिबियाली सुरक्षा निकायले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। यो हत्या लिबियामा जारी राजनीतिक अस्थिरता र सशस्त्र संघर्षको पृष्ठभूमिमा भएको हो। करिब १५ वर्षअघि सन् २०११ मा उनका पिता मुअम्मर गद्दाफीको पनि हिंसात्मक ढंगले हत्या गरिएको थियो।
सैफ अल–इस्लाम कुनै समय गद्दाफी शासनकालमा सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व मानिन्थे र लिबियाको सम्भावित भावी नेता ठानिन्थे। उनको हत्याले लिबियाको कमजोर सुरक्षा अवस्था र विभाजित राजनीतिक परिस्थिति फेरि अन्तर्राष्ट्रिय चासोको केन्द्रमा ल्याएको छ।
काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!