प्रधानमन्त्री सुशीला कार्कीको ‘एक्सन’: १० अर्ब रोकिँदा स्वास्थ्य बिमा संकट, आजै निर्णायक बैठक!

प्रधानमन्त्री सुशीला कार्कीको ‘एक्सन’: १० अर्ब रोकिँदा स्वास्थ्य बिमा संकट, आजै निर्णायक बैठक!

काठमाडौं,माघ २१ — स्वास्थ्य बिमा भुक्तानी ठप्प भएर अस्पताल सेवा नै बन्द हुने अवस्थामा पुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले समस्या समाधानका लागि ‘फास्ट ट्र्याक’ पहल थालेकी छन्। स्थिति गम्भीर बन्दै गएपछि प्रधानमन्त्रीले आजै अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आपत्कालीन बैठक बोलाएकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य बिमा बोर्ड, अस्पताल संघ, निजी तथा सामुदायिक अस्पतालका प्रतिनिधि र सरोकारवाला निकायलाई बोलाइएको छ। बैठकलाई ‘निर्णायक’ बनाउने गरी एजेन्डा तय गरिएको स्रोतले जनाएको छ।

केही समययता स्वास्थ्य बिमा बोर्डले भुक्तानी रोक्दा देशभरका दर्जनौं अस्पतालले बिमा अन्तर्गतको सेवा नै बन्द गर्ने चेतावनी दिएका थिए। कतिपय अस्पतालले सेवा कटौती गरिसकेका छन् भने केहीले नयाँ बिरामी लिनै छाडेका छन्। अस्पताल सञ्चालकहरूका अनुसार महिनौँदेखि रकम नआउँदा औषधि खरिद, कर्मचारी तलब र सञ्चालन खर्च धान्नै नसक्ने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य बिमा बोर्डकै तथ्यांकअनुसार हाल देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ। यो अभूतपूर्व बक्यौताले स्वास्थ्य प्रणालीमै संकट निम्त्याएको विज्ञहरूको भनाइ छ।

प्रधानमन्त्रीले आजको बैठकबाट तत्काल भुक्तानीको मोडालिटी तय गर्ने, बजेट व्यवस्थापनको स्पष्ट खाका बनाउने र सेवा अवरुद्ध नहुने गरी ठोस निर्णय गर्ने तयारी गरेकी छन्।

यदि आजको बैठकबाट ठोस समाधान ननिस्किए देशभरका अस्पतालले थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्, जसले आम नागरिकको स्वास्थ्य सेवामा गम्भीर असर पार्न सक्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको घोषणा
1 हप्ता अगाडि

काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ ...

छुटाउनुभयो कि ?

TOP