काठमाडौँमा ३९ विद्यालयको नाम फेरियो, ३० हजारभन्दा बढी विद्यार्थी छात्रवृत्तिमा

काठमाडौँमा ३९ विद्यालयको नाम फेरियो, ३० हजारभन्दा बढी विद्यार्थी छात्रवृत्तिमा

काठमाडौ पुष ४-काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका ३९ वटा विद्यालयले यस वर्ष नेपालीपन झल्किने गरी आफ्नो नाम परिवर्तन गरेका छन्। महानगरपालिकाले गत वर्षदेखि नै दिएको आग्रहअनुसार विद्यालयहरूले नाम परिवर्तन गरेको कामपा शिक्षा विभागले जनाएको छ।

कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार हाल महानगरभित्र ७८४ वटा शैक्षिक संस्था सञ्चालनमा छन्। यसमा २६ वटा आधारभूत विद्यालय, ५८ वटा माध्यमिक विद्यालय, चारवटा विशेष विद्यालय, २३ वटा वैकल्पिक विद्यालय, ११ वटा धार्मिक विद्यालय, २८ वटा सामुदायिक सिकाइ केन्द्र तथा ४२५ वटा संस्थागत विद्यालय रहेका छन्।

शैक्षिक सत्र २०८१ मा महानगरपालिकाले छात्रवृत्ति कार्यक्रमलाई प्रणालीमा आधारित बनाएपछि ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन्। छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५, दलित छात्रवृत्तिमा एक हजार ३२२ तथा अपाङ्ग र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन्।

त्यस्तै, संस्थागत विद्यालयतर्फ कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा तीन हजार ८०१ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्।

यस आर्थिक वर्षमा शिक्षा क्षेत्रमा तीन अर्ब २९ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। हालसम्म ५३.८ प्रतिशत अर्थात् एक अर्ब ७७ करोड ३४ लाख रुपैयाँ खर्च भइसकेको छ।

आन्तरिक नियमित कार्यक्रमका लागि एक अर्ब चार करोड रुपैयाँ विनियोजन गरिएकामा ३० प्रतिशत खर्च भएको छ। ‘गरीखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ६० करोड रुपैयाँ छुट्याइएकामा ८.४ प्रतिशत मात्र खर्च भएको छ। शिक्षा क्षेत्रका स्वर्णिम योजनामा ११ करोड रुपैयाँ विनियोजन गरिएकामा ३८.८ प्रतिशत खर्च भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले विद्यालयको पहिचान, समावेशी पहुँच र शैक्षिक गुणस्तर सुधारलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु
एक महिना अगाडि

काठमाडौँ, माघ४-सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सच ...

छुटाउनुभयो कि ?

TOP