काठमाडौँ,माघ ४— नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नयाँ नियमावलीप्रति गम्भीर असहमति जनाएको छ।
महासंघका अध्यक्ष राजेन्द्र बरालका अनुसार, नियमावली बिना छलफल लागू भए पेशागत क्षेत्रमा ठूलो समस्या आउन सक्छ।
ड्राफ्ट नियमावलीमा केही कर्पोरेटको नाम समावेश हुनु व्यवसायको अस्तित्व र मर्यादामा असर गर्न सक्ने बताइएको छ। महासंघले भनेको छ, शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन महासंघको भूमिका अपरिहार्य छ।
बरालले चेतावनी दिए, “सरोकारवालासँग छलफल नगरी नियमावली लागू गर्न खोज्दा समस्या मात्र बढ्छ। समयमै संवाद र परामर्श आवश्यक छ।”
महासंघले मन्त्रालयसँग आग्रह गरेको छ कि नियमावली तयार गर्नु अघि सम्बन्धित सबै पक्षको राय लिनुपर्छ, नत्र व्यवसायी, विद्यार्थी र पेशा सबै प्रभावित हुन सक्छन्।
काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मुल्य भने केही बढेको छ । सोमब ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!