काठमाडौं, माघ ४ – गोर्खा क्षेत्र नम्बर १ का युवा नेता सुदन गुरुङले आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन्।
सुदन गुरुङले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत प्रवेशको पुष्टि गर्दै लेखेका छन्:
"बालेन र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।"
जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङ हाल हामी नेपाल संस्था का अध्यक्ष पनि हुन्।
विश्लेषकहरूले उनको पार्टी प्रवेशले आगामी निर्वाचनमा गोरखा क्षेत्रीय राजनीति र युवापुस्ताको सक्रियतामा नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको बताएका छन्।
काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मुल्य भने केही बढेको छ । सोमब ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!