मानवता र सामाजिक जिम्मेवारीको उदाहरण: सञ्जीव राउतको पहलमा हराएकी युवती फेला

मानवता र सामाजिक जिम्मेवारीको उदाहरण: सञ्जीव राउतको पहलमा हराएकी युवती फेला

काठमाडौं, माघ ४ – लामो समय सम्पर्कविहीन रहेकी भक्तपुर स्थायी ठेगाना भएकी १८ वर्षीया सुजता लामिछाने सामाजिक अभियन्ता र समाजसेवीहरूको सक्रिय पहलमा सुरक्षित फेला परेकी छन्।

सामाजिक सञ्जालमा उनको हराइको सूचना सार्वजनिक भएपछि खोजीमा सक्रिय भूमिका निभाएका सञ्जीव राउत र उनका साथीहरू भक्त राम चालिसे, हरि चौलागाईं, शारु बास्तोला सहित प्रहरीको समन्वयमा युवतीलाई सुरक्षित फेला पारिएको हो।

सञ्जीव राउतका अनुसार, सुजता लामिछानेलाई २०८२ साल माघ २५ गते गौशाला प्रहरी चौकीको सहकार्यमा एक आश्रममा जिम्मा लगाइएको थियो। तर, आश्रम पुगेपछि उनी त्यहाँबाट भागेकी थिइन्। त्यसपछि उनको खोजी तीव्र बनाइएको थियो।

फेला परेपछि उनलाई सोह्रखुट्टे प्रहरी चौकीमा बुझाइ पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अहिले उनी मानसिक र शारीरिक रूपमा स्वास्थ्य लाभ गरिरहेकी छन्।

सञ्जीव राउतले भने:
"यस सफल खोजीले मानवता, सामाजिक सहकार्य र जिम्मेवारीले समाजमा सकारात्मक सन्देश दिन सक्छ। अभिभावकहरूले आफ्ना किशोर–किशोरीप्रति विशेष ध्यान दिन आवश्यक छ।"

खोजीमा संलग्न सबैले युवतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भविष्यमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच बैठक
एक महिना अगाडि

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज समन्वय बैठक सम्पन्न ...

छुटाउनुभयो कि ?

TOP