अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै अबुधाबीस्थित नेपाली राजदूतावासले हुन्डीमार्फत रकम पठाउने, लिने वा त्यसमा संलग्न हुने कार्य गैरकानुनी रहेको स्पष्ट गर्दै कडा चेतावनी जारी गरेको छ। दूतावासले यस्तो कार्यमा संलग्न भए कानुनअनुसार कारबाही हुने जनाएको छ।
नेपाली राजदूतावासले जारी गरेको ‘अत्यन्त जरुरी सूचना’ मा नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुनको उल्लङ्घन हुने भएकाले अनौपचारिक वित्तीय कारोबार (हुन्डी) पूर्ण रूपमा निषेध रहेको उल्लेख छ। विदेशमा रहेका नेपालीले पैसा पठाउँदा अनिवार्य रूपमा वैधानिक रेमिट्यान्स प्रणाली प्रयोग गर्नुपर्ने दूतावासको आग्रह छ।
सूचनाअनुसार परराष्ट्र मन्त्रालयमार्फत प्राप्त निर्देशनअनुसार विदेशस्थित नेपाली दूतावासहरूले हुन्डीसम्बन्धी गतिविधि र त्यसका विवरण नियमित रूपमा परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था लागू गरिएको छ। यसका आधारमा यूएईमा भइरहेको अनौपचारिक वित्तीय कारोबारमाथि निगरानी थप कडा बनाइएको दूतावासले जनाएको छ।
दूतावासले यूएईमा कार्यरत नेपाली नागरिक, व्यवसायी तथा संघ–संस्थालाई हुन्डीमार्फत रकम पठाउने वा संलग्न नहुन आग्रह गर्दै यदि कसैले गैरकानुनी रूपमा यस्तो कारोबार गरिरहेको जानकारी पाएमा प्रमाणसहित दूतावासलाई जानकारी गराउन अनुरोध गरेको छ।
हुन्डी कारोबार नियन्त्रण गरी नेपालमा वैधानिक माध्यमबाट मात्रै रेमिट्यान्स भित्र्याउन सहयोग पुर्याउन नेपाली समुदायको जिम्मेवार भूमिका आवश्यक रहेको दूतावासको भनाइ छ। हुन्डीसम्बन्धी सूचना वा उजुरी remmittanceconcern.eon@gmail.com इमेलमार्फत पठाउन सकिने जनाइएको छ।
काठमाडौँ,माघ १ — प्रधानमन्त्री सुशीला कार्कीले माघी तथा मकर सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश त ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!