प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ,माघ १ — प्रधानमन्त्री सुशीला कार्कीले माघी तथा मकर सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले माघी, मकर सङ्क्रान्ति, माघे सकराती नाम फरक भए पनि पर्वको आत्मा एउटै रहेको उल्लेख गरेकी छिन् । उहाँले यी पर्वहरूले नेपाली समाजमा प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

उहाँले नेपाली समाजमा अझ बढी एकता, सद्भाव र आपसी विश्वासको आवश्यकता रहेको उल्लेख गर्दै चाडपर्वहरूले ती मूल्यहरू मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

बारामा धारिलो हतियार प्रहार, आमा–छोराको हत्या, बुवासहित तीन घाइते
20 घण्टा अघि

काठमाडौँ,माघ-१४, जनकपुरधाम बारामा धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ भने बुवासहि ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP